रुपन्देहीमा ५० हजार घुस सहित सशस्त्रका निरिक्षक र नायव निरिक्षक पक्राउ


५० हजार रुपैयाँ घुस सहित रुपन्देहीमा सशस्त्र प्रहरी निरिक्षक सहित दुइ जना पक्राउ परेका छन्। रुपन्देहीको गैडहवा गाउँपालिका लोण्डिहवामा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पका प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरिक्षक दधिराम पौडेल र नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।




विहान १० बजे तिर सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसान्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए । फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै उनीहरुले घुस लिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।







सम्बन्धित
Loading...