सुनवलमा चौथो मेयर कप फुटबल प्रतियोगिता शुरु





नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा विहीवारदेखि चौथाें मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
सुनवल नगरपालिकाको आयोजनामा सुनवल नगरपालिका वडा नम्बर ६ बिसासयको खेल मैदानमा विहिवार देखी चौथो मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

विहिवारदेखि शुरु भएको चौथो मेयर कप फुटबल प्रतियोगिता आगामी २५ गतेसम्म चलने अखिल नेपाल फुटबल सघ नवलपरासीका महासचिव सुविन्द्र कुंवरले बताए ।


सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाले विहिवार चौथो मेयरकप फुटवल प्रतियोगिताको औपचारिक उदघाटन गरेका थिए ।

१३ दिनसम्म संचालन हुने चौथो मेयर कप फुटवल प्रतियागिता १३ वटा खेल समुहहरुले भाग लिने अखिल नेपाल फुटबल सघ नवलपरासीका महासचिव कुंवरले बताए ।

नेपाल फुटबल सघ (एन्फा) नवलपरासीका महासचिव कुंवरका अनुसार प्रतियोगिताको बिजेता समूहले १ लाख २० हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् भने उपविजेता समूहले ६० हजार रुपैयाँ नगद प्राप्त गर्ने मंगलवार आयाजित पत्रकार सम्मेलनमा बताईएको छ ।

त्यस्तै सेमिफाइनलमा जाने २ समूहलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीले नगद ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
उक्त प्रतियोगितामा सुनवल नगरपालिकाका १३ वडाबाट समुह ए र समुह बि गरी १३ वटा टिम सहभागी हुने बताईएको छ ।

सुनवल नगरपालिकाले सो प्रतियोगिताको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने प्रतियोगिताको सहआयोजक बिग बुद्ध समितिले अन्य नपुग रकम सहयोग गर्ने गरी प्रतियोगिताको आयोजना गरिएको छ ।

सुनवल नगरपालिकाले हरेक वर्ष सञ्चालन गर्ने मेयर कप फुटबलका बिजेता खेलाडीहरु ए डिभिजन लेभलको प्रतियोगितासम्म सहभागी भैसकेका कारणले पनि यस प्रतियोगितालाई जिल्ला मै महत्वपूर्ण प्रतियोगिताको रुपमा लिने गरिएको छ ।




सम्बन्धित
Loading...