कावासोतीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत





कावासोती । कावासोती नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् ।

२०७१ सालमा नयाँ नगरपालिका भएको कावासोती नगरपालिकाले पछिल्लो ६ बर्षको अवधिमा १२ वटा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरिसकेको छ ।




तत्कालिन प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी सरुवा भएसँगै नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा रमेश घर्ती आएका हुन् ।

यज्ञ पुरीलाई शुक्रबार कावासोती नगरपालिकाका प्रमुख चन्द्राकुमारी पुन र उपप्रमुख प्रेमशंकर मर्दनियाले विदाई गरेका थिए भने नयाँ प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीलाई स्वागत गरिएको थियो ।

 




सम्बन्धित
Loading...