विनियोजित ऐनको संशोधन विधयेक पास गर्दै सकियो कावासोतीको नगर सभा


कृशला सापकोटा
कावासोती । विनियोजित ऐन २०७७ को संशोधन विधयेक पास गर्दै पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको आठौं नगर सभा सकिएको छ ।
शुक्रबार कावासोतीका नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले पेस गरेको संशोधन विधयेक नगर सभाले सर्वसम्मत पास गरेको हो ।
त्यसैगरी नगर सभाले कावासोति नगरपालिकाको संगठन संरचना तथा दरबन्दी स्वीकृत गरेको छ भने, दुई वटा मन्टेश्वरीलाई पूर्व प्रथामिक विद्यालय सञ्चालनका लागि अनुपति प्रदान गर्ने निर्णय गरेको छ ।
नगर सभा कावासोतीका नगरपालिकाका नगरप्रमुख चन्द्राकुमारी पुनको अध्यक्षतामा भएको थियो ।







सम्बन्धित
Loading...