भोलि मगर दिवस, नवलपुरमा विविध कार्यक्रम गरी मनाइदै
- कमला राना –
कावासोती । ३९ औं मगर दिवस भोलि अर्थात फागुन १५ गते शनिबार मगर दिवस विविध कार्यक्रम गरी मनाइदै छ ।
तनहुं जिल्लाको दमौलीमा भएको पहिलो अधिवेशनले गरेको निर्णय अनुसार मगर समुदायले हरेक बर्ष फागुन १५ गतेलाई मगर दिवसको रुपमा मनाउदै आइरहेको छ ।
फागुन १५ गते देश विदेशमा रहेका सम्पूर्ण मगर समुदायले हर्सोल्लासका साथ विभिन्न कार्यक्रम संगै आफन्त र साथी भाई बीच शुभकामना साटासाट गरेर समेत मगर दिवस मनाउने गर्दछ ।
मगर दिवसको अवसरमा बर्दघाट सुस्ता पुर्व नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १० मा नेपाल मगर संघ जिल्ला समन्वय समितिले कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति पूर्वी नवलपरासीका अध्यक्ष इन्द्र फाल मगरले जानकारी दिए ।
नेपाल मगर संघ केन्द्रीय समितिका सल्लाहाकार कर्णेल धन बाहादुर मास्की राना मगरको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा, मगर समुदायको भेषभुषा सहीतको झांकी, मगर परिकार तथा सास्कृतिक कार्यक्रम रहने अध्यक्ष फाल मगरले बताए ।
त्यसैगरी विनयी त्रिवेणी गाउंपालिका, हुप्सेकोट गाउंपालिका तथा गैडाकोट नगरपालिका लगायत जिल्लाको विभिन्न गाउंपालिका तथा नगरपालिकाका वडा तहहरुमा समेत नेपाल मगर संघ नगर, गाउं र वडा स्तरीय समितिको आयोजनामा मगर दिवसको अवसरमा कार्यक्रमको आयोजना गरीएको अध्यक्ष फाल मगरले जानकारी दिए ।
जनसांख्यीक हिसावले नेपालको तेस्रो ठूलो जातिको रुपमा रहेको मगर समुदाय आदीवासी जनजातिको हकमा पहिलो श्रेणीमा रहेको छ ।
मगर समुदायको आफनै भेषभुषा, संस्कार र परम्परा रहेको छ भने धार्मिकरुपमा विविधता रहेको पाइन्छ ।
नेपालको मध्य पहाडी भुभागमा मुख्य बसोबास थलो रहेको मगर समुदाय विकास क्रम सगै पछिल्लो समय दशैभर छरिएर रहेका छन् ।
माघे सक्रान्ती, चण्डी पूर्णिमा र भुम्या पर्वलाई मुख्य चाडको रुपमा मनाउँदै आएको मगर समुदायले दशै तिहार जस्ता चाडपर्वहरु पनि मनाउने गर्दछन ।
१५ सय भन्दाबढी उपथरहरु रहेको मगर जातिको आले, राना, थापा, पुन, घर्ति ,रोका मुख्य थर मानिन्छ ।
