रामग्राम नगरपालिका बालमैत्री नगर बन्दै
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री स्थानीय शाशन घोषणाको अन्तिम चरणमा पुगेको छ ।
रामग्राम नगरपालिकामा बालमैत्री स्थानीय शाशनको कार्य प्रगतीको विषयमा समिक्षा तथा अन्तरक्रिया भुमहीमा भएको छ ।
रामग्राम नगरपालिकाको आयोजना तथा मैत्री समाज नेपाल नवलपरासीको सहजीकरणमा नगरपालिका भित्र बालमैत्री स्थानीय शाशनको गतिविधिहरु बारे जानकारी, बालबालिकाको वर्तमानको अवस्थालाई समाबेश गरि बालबालिकाको स्थिति पत्र जारी तथा बालमैत्री नगर घोषणा तथा दिगोपानको लागि सरोकारवालाहरु सङ सुझाव संकलन गरिएको थियो ।
रामग्राम नगरपालिकाको प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता तथा जिल्ला सवन्य समिती पश्चिम् नवलपरासीका प्रमुख शिवशंकर रायको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख रम्भा कुन्वरले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै रायले आफू बाल अधिकार जिल्ला समितीको अध्यक्ष समेत रहेकोले रामग्राम नगरपालिका बालमैत्री घोषणा हुनु हामी सबै गर्वको कुरा रहेको बताए । छिटै नै अनुगमनको प्रक्रिया अगाडि बढाएर नगरपालिकालाई चैत मसान्तसम्म घोषणा गर्ने उनले बताए ।
नगर भित्र रहेको बाल श्रम, बाल बिवाह, शैक्षिक तथा स्वास्थ्य संस्थामा अर्थपूर्ण बाल सहभागिता, लागू पदार्थ तथा सडक बालबालिकालाई विशेष प्राथमिकतामा राखेर काम गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।
नगर प्रमुख गुप्ताले बालमैत्री स्थानीय शासन घोषणा गर्न नगरपालिकाको पहिलो प्राथमिकता रहेको बताउदै अब केही दिनमा नै नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने बताए ।
रामग्राम नगरपालिकाले २०७२ सालदेखि नै बालमैत्रीमा विशेष काम गर्दै आएको थियो। नगरप्रमुख गुप्ताले ५ वर्षे रणनीति कार्ययोजना नगरपालिकाले ल्याएको र केही हेरफेर गरि बाल अधिकार संरक्षणमा नगरपालिका सधै साथ रहेको कार्यक्रममा जानकारी गराए
कार्यक्रममा नगर बाल संजालकी अध्यक्ष गोमा अग्रहरी, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, उद्योग बाणिज्य महासंघ पश्चिम नवलपरासीका महासचिव गिरीराज पाण्डे, रामग्राम ६ का वडा अध्यक्ष जितेन्द्रकुमार अग्रहरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।