सुनवल नगरपालिकाको आठौ नगर सभाः पास भयो विभिन्न विधेयकहरु




  • संजय तिवारी –

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक बर्ष २०७७।७८ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पारित गरेको छ ।




सुनवल नगरपालिकाको आठौ नगर सभाले आर्थिक बर्ष २०७७।७८ को बजेट तथा कार्यक्रम संशोधन गरेको हो ।

नगर सभा नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

नगर उपप्रमुख दधिराम अर्यालले प्रस्तुत गरेको संशोधन प्रस्तावमा बजेटको आकार ८५ करोड ४ लाख ३३ हजार नौ सय ६४ रुपैयाबाट आकार बृद्धि गरी ९२ करोड, ६६ लाख , ७८ हजार चार सय २० रुपैया बनाइएको छ ।

नगरका १३ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना भएको ४ बर्षको अवधिमा ५८ किमि सडक कालोपत्रे गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

सभामा पेश गरिएको सार्वजनिक नीजि साझेदारी विधेयक, अटोभिलेज व्यवस्थापन विधेयक, कर्मचारी कल्याणकोष संचालन विधेयक, खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यवस्थापन विधेयक र औधोगिक ग्राम संचालन तथा व्यवस्थापन विधेयक पनि सभाले पास गरेको छ ।



सम्बन्धित
Loading...