पाँच वर्षपछि नेपाल विकासशील राष्ट्रमा रुपान्तरण हुँदै


काठमाडौं । पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबको पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ ।



 

संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नत हुन लागेको हो । न्यूयोर्कस्थित राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राष्ट्रिय आयबाहेक समितिले निर्धारण गरेका स्तरोन्नतिका सूचकमा प्रगति भएकाले स्तरोन्नतिका लागि सिफारिस गरिएको हो ।




स्तरोन्नतिका निम्ति आवश्यक तयारी गर्न समितिले पाँच वर्षको अवधि प्रदान गरेको छ । स्तरोन्नतिका लागि तीन वर्षअघि नै नेपालको प्राविधिक योग्यता पूरा भएको थियो । स्तरोन्नतिका लागि नेपालले आर्थिक क्षेत्रमा धेरै चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।



सम्बन्धित
Loading...