सडक निर्माणमा महानगरपछि कालिका नगर अगाडि


भरतपुर । जिल्लाका सातवटा स्थानीय तहमध्ये गत वर्ष सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सडक कालोपत्रे भएको छ ।



महानगरका प्रवक्ता एवम् वडा १० का अध्यक्ष अरूण पीडित भण्डारीले गत वर्षमात्रै ८० किमि सडक पिच गरिएको जानकारी दिए ।
महानगरभित्रका सडकहरुमा संघीय, प्रदेश सरकारको बजेट र केही आफ्नै पालिकाको बजेटबाट पिच गरिएको उनले जानकारी दिए । महानगरमा स्थानीय सरकार बनेपछि हालसम्म २७२ किमि सडक कालोपत्रे भएको र १९७ किमि मर्मत भएको प्रवक्ता भण्डारीले बताए । त्यस्तै ३८९ किमि सडक ग्राभेल गरिएको छ ।




महानगरपछि अन्य ६ वटा पालिकाहरुमध्ये कालिका नगरपालिका सडक निर्माणमा अग्र स्थानमा देखिएको छ । यस पालिकाले गत वर्ष २३ किमि सडक कालोपत्रे गरेको छ । त्यस्तै ५ किमि नयाँ सडक खनिएको र २० किमि उच्चस्तरीय ग्राभेल गरिएको कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठले बताए ।



सम्बन्धित
Loading...