चितवनमा ३५ जनाले गरे रक्तदान


चितवन । भरतपुरमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।



लायन्स क्लब अफ भरतपुर युथ र लियो क्लब अफ भरतपुर युथको आयोजनामा बृहत् खुला रक्तदान कार्यक्रममा रक्तदान गरेका हुन् ।




चौबीसकोठीमा आयोजित कार्यक्रममा रक्तदान गरिएको लायन्स क्लब अफ भरतपुर युथका अध्यक्ष लायन सुरजकुमार शर्माले जानकारी दिए ।

लियो क्लब अफ भरतपुर युथका अध्यक्ष लियो दीपेश ज्ञवालीले रगत अभावलाई परिपूर्ति गर्न समयसमयमा रक्तदान कार्यक्रम गर्ने गरिएको बताए । रासस



सम्बन्धित
Loading...