हाँस्दा हाँस्दै नदीमा हाम फालिन् विवाहिता, मृत्यु अघि सेयर गरिन् भिडियो
भारतको गुजरातको अहमदाबादमा एक विवाहिताले साबरमती नदीमा हाम फालेर आत्महत्या गरेकी छिन् ।
उनले आत्महत्या अघि खिचेको एउटा भिडियो सोसल मिडियामा सेयर गरेकी छिन् जसमा उनले आफूले जति पनि जीवन पाएको त्यो निकै चैनको भएको बताएकी छिन् । अब आफूले भगवान भेट्न चाहेको उनले बताएकी छिन् । घटनापछि घटनास्थल पुगेको प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।
आयशाले आफ्नो भिडियोमा भनिन्, ‘हेलो, मेरो नाम आयशा आरिफ खान हो । म जे पनि गर्दैछु त्यो आफ्नै मर्जीले गर्दैछु । यसमा कसैको पनि दबाब छैन । यो बुझ्नुहोस् कि भगवानले दिएको मेरो जीवन यत्ति नै थियो र मैले मेरो जीवन निकै चैनको पाएँ । र ड्याडी, कहिलेसम्म लड्नुहुन्छ ? मुद्दा फिर्ता लिनुहोस् ।’
