मोटरसाइकल दुर्घटनामा परि दमौलीमा एक युवकको मृत्यु
दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् ।
मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते छन् ।
दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो ।
