साइबर ब्यूरोको नाम राखेर फेसबुक पेज खेल्ने पक्राउ


काठमाडौं । प्रहरीको साइबर ब्यूरोको नाममा नक्कली फेसबुक पेज खोल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।



रुपन्देहीको सैनामैना नगरपालिका–६ घर भएका १८ वर्षीय प्रज्वल पोख्रेललाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसएसपी) नविन्द अर्यालले जानकारी दिएका छन् ।




ब्यूरोको नामको फेसबुक पेजबाट प्रज्वलले नागरिकलाई भ्रममा पारेर आपराधिक कार्य गरेको प्रहरीको दाबी छ । सामाजिक सञ्जालमा ब्यूरोका प्रतिनिधि बनेर कुरा गर्दै उनले आपराधिक लाभ लिएको एसएसपी अर्यालले बताए । फागुन १३ मा पक्रेर प्रज्वललाई विद्युतिय कारोबार ऐन–०६३ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...