काँग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ ।
शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएका नेता थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । शनिबारको तुलनामा आइतबार जोशीको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा.राजीव झाले जानकारी दिए ।
झाका अनुसार जोशीले दाहिने हात र खुट्टा अघिल्ला दिनको तुलनामा आइतबार बढि चलाएका छन् भने आइतबार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ । तर, पनि जोशीका आँखा भने अझै खुलेका छैनन् ।
