रोजगारी, उद्यमशीलता र पूर्वाधार पहिलो प्राथमिकता





नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले सञ्चालन गरेको राष्ट्रव्यापी गरिखाने अभियानको रोड शो’ झापाको धुलाबारीमा सम्पन्न भएको छ ।

गरिखाने अभियान उद्यमशील बन्न चाहानेहरूलाई सीप, पुँजी, प्रविधि र बजारसँग जोड्ने देशव्यापी अभियान हो ।
यस अभियानसँग जोडिनेहरूलाई उद्यमशील बनाउन विभिन्न व्यावसायिक संस्थाहरूले काम गरिरहेका छन् ।

कोभिड–१९ महामारी उत्पन्न संकटको परिवेशमा आम मानिसहरूको आयआर्जनका क्रियाकलापमा पर्ने असरलाई ध्यान दिँदै नेपाली कांग्रेसले ख्यातिप्राप्त उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको संयोजकत्वमा ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ गठन गरेको थियो ।

 




सम्बन्धित
Loading...