विवाह भोजमै कुटपिट, एक जनाको मृत्यु, ६ पक्राउ
दाङमा कुटपिटबाट एकजनाको हत्या गरिएको छ ।
घोराही उपमहानगरपालिकामा विवाह भोजमा भएको कुटपिटमा २१ वर्षीय राजन चौधरीको मृत्यु भएको हो । कुटपिटबाट गम्भिर घाइते उनलाई उपचारका लागि अस्पताल लगिएपनि ज्यान जोगिएन् ।
जलौरानजिक विवाहको भोजमा गएका राजनलाई ६ जनाले कुटपिट गरी घाइते बनाएका थिए। प्रहरीले कुटपटमा संलग्न रहेका अभियोगमा ६ जनालाई पक्राउ गरेको छ।
