संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत भएको नेपाल बारको ठहर


फागुन १६ । नेपाल बार एशोसिएसनले संवैधानिक निकायहरुमा संसदीय सुनुवाइ बिनै पदाधिकारी नियुक्त गरिनुलाई असंवैधानिक भनेको छ ।

 



शक्ति पृथक्कीकरण र नियन्त्रणको मूल मर्मविपरित गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत भएको ठहर पनि नेपाल बार एशोसिएशनले गरेको हो ।

बार एशोसिएसनको वार्षिक साधारणसभा तथा ४७ औं केन्द्रीय कार्यकारिणी परिषदको शनिबारसम्पन्न बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा २९२ मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने संवैधानिक निकायका पदाधिकारीको नियुक्ति हुनुपूर्व अनिवार्य रुपमा संसदीय सुनुवाई हुनुपर्ने शक्ति पृथक्कीकरण र नियन्त्रणको मूल मर्म रहेकोमा, सो विपरित प्रतिनिधिसभा विघटन भइरहेको अवस्थामा संसदीय सुनुवाई बेगर हालै भएको संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिका सम्बन्धमा यो परिषदको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता कार्यलाई संविधानको भावना र मर्म प्रतिकुल भएको कार्यप्रति यो परिषद बैठक असहमति प्रकट गर्दछ ।’



सम्बन्धित
Loading...