शिलान्यासको डेढ बर्षः सुनवल अस्पताल निर्माण कार्य अलपत्र





नवलपरासी । पश्चिम नवलपरासीको सुनवल वार्ड नम्बर ८ मा १५ शैयाको अस्पताल निर्माणका लागि डेढ वर्ष पहिला शिलान्यास गरीएको अस्पताल निर्माणको काम स्थानिय सरकारको अवज्ञाका कारण अस्पताल निर्माण अलपत्र परेको छ ।

संघिय सरकारका स्वाश्थ्य राज्यमन्त्रि सुरेन्द्र यादवले सुनवल स्वाश्थ्य चौकीको स्तर उन्नती गरी १५ शैयाको अस्पताल निर्माणका लागि २०७६ साल भदौमा शिलान्यास गर्नु भएको थियो ।




सुनवल स्वश्थ्य चौकीको स्तर उन्नती गरी १५ शैयाको अस्पताल निर्माणको विषयमा सुनवल नगरपालिकाले नै अवज्ञा गरेका कारण अस्पताल निर्माण कार्य अलपत्र परेको सुनवल स्वाश्थ्य चौकीका अध्यक्ष समेत रहनु भएका वडा नम्बर ८ का अध्यक्ष निलकण्ठ गैरेले पत्रकार सम्मेलनका क्रममा बताए ।

सुनवल स्वाश्थ्य चौकीको स्तर उन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्ने संघिय सरकारको निर्णय भए अनुसार केन्द्र सरकारका राज्य मन्त्री यादवद्वारा डेढ वर्ष पहिला नै शिलान्यास गरिएको स्वाश्थ्य चौकीको स्तरउन्नती गरी १५ शैयाको अस्पताल निर्माणका लागि संघिय सरकारबाट पहिलो चरणको रकम नगरपालिकामा आएको भए पनि नगरपालिकाको कार्यालयले आवश्यक प्रकृया अगि नबढाई दिदा अस्पताल निर्माण कार्य डेढ बर्षदेखि अलपत्र परेको सुनवल वडा नम्बर ७ का अध्यक्ष बसन्तराज दहारले बताए ।

वडा अध्यक्ष दहालका अनुसार स्वाश्थ्य चौकीको स्तर उन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्ने संघिय सरकारले निर्माण गरी नगरपालिकाको खातामा ३ करोड २३ लाख रुपियाँ रकम पठाई सकेको अवश्थामा नगरपालिकाले आवश्यक प्रकृया अघि नबढाईदिदा अस्पताल निर्माण कार्य अलपत्र परेको हो ।

सुनवल नगरपालिकाको कार्यपालिकामा बहुमतका आधारमा सुनवल ७ र ८ नम्बर वडामा बन्न लागेको अस्पताललाई सो स्थानमा नबनाई सुनवल ५ को बनकटटीमा बनाउने निर्णय गरे पछि अस्पताल निर्माण विवादमा परेको हो ।

संघिय सरकाको प्रबिधिक टोलिले अहिले स्वास्थ चौकी रहेको स्थानमै अस्पताल बनाउने गरि डी.पी.आर. समेत तयार भइसकेको अवस्थामा नगरपालिकाको अवज्ञाका कारण डेढ वर्ष पहिलो शिलान्यास गरेको अस्पताल निर्माण कार्य शुरु हुन सकेको छैन ।

स्वाश्थय चौकी स्तर उन्नती १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय अनुसार सुनवल स्वाश्थ्य चौकीलाई स्तरउन्नती गर्ने भनि निर्णय आएको भए पनि स्थानिय सरकारले आफुहरु निर्णय गरेको स्थानमा बनाउन पाउनु पर्ने भन्ने आसयका कारण नगरपालिकाको कार्यपालिकाको बैठकले सो स्वश्थ्य चौकी स्तर उन्नतीको अस्पताल अन्यत्र लैजाने निर्णय गरे पछि स्थानीय रुपमा विवाद सृजना भएको स्थानियवासी बाबुराम पौडेललको भनाई रहेको छ ।

संघिय सरकारले दिएको अस्पताल निर्माणको विषयमा नगर बैठकले स्पष्ट धारण नबनाएको भन्दै शुक्रवार भएको सुनवल नगरपालिकाको नगरसभा सुनवल वडा नम्बर ७ र ८ सबै जनप्रतिनिधीहरुले बहिस्कार गरेका थिए ।

सुनवल ८ र सुनवल ५ को बनकटटी दुबै स्थानमा अस्पताल निर्माण गरिने गरि नगरपालिकाले छिटै निर्णय गर्ने गरि आन्तरिक काम गरिरहेको सुनवल नगरपालिकाका प्रबक्ता कृष्ण देवकोटाले बताए ।




सम्बन्धित
Loading...