समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम

57












चितवन । चितवनको माडी नगरपालिका वडा नं ४ खैरहनीस्थित हरिहर मन्दिरमा आइतबार प्रहरी चौकी कल्याणपुर खैरहनी माडीको प्रहरी टोली, खैरहनी टोल सुधार समिति र सोमेश्वर टोल सुधार समितिको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

 


समुदाय(प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सो कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसैबीच, शनिबार बिहान खैरहनी नगरपालिका ५ स्थित खजुरी नेपाल प्रालिको मिटिङ हलमा सोही कम्पनीको महाप्रबन्धक सूर्यप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता र सोही कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय खैरहनीका कार्यालय प्रमुख ऋषिराम घर्ती मगरले उत्पादकत्वको लागि सशक्तिकरण अभिमुखीकरण प्रशिक्षण दिएका थिए ।



You might also like
Loading...