गुल्मीमा बेपत्ता बुहारीको शव घर नजिकै फेला


गुल्मी । माघ  १९ गते रातीदेखि बेपत्ता गुल्मी भाडगाउँकी २१ वर्षीया सम्झना बोहराको शव फेला परेको छ । खत्रीको शव घर नजिकै सडेगलेको अवस्थामा शव फेला परेको हो ।



‘बिहान  रुखबाट घाँस झार्न  लागेको थिए, त्यसबेला गन्हायो, त्यसपछि शंका लागेर जनप्रतिनिधिहरूलाई फोन  गरे । उनीहरुले  प्रहरीलाई फोन  गरेर बोलाएपछि  प्रहरीले हेर्दा शव फेला रहेछ’ छिमेकी लालबहादुर खत्रीले भने ।




घरनजिकै सय मिटर अगाडि  झाडीमा टाउको बोरामा राखेको र स्याउलाले  ढाकेको अवस्थामा शव फेला परेको छ ।शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ ।

शवको पहिचान  हुन बाँकी रहे पनि बेपत्ता सम्झनाको  हुनसक्ने प्रहरीको अनुमान छ । बुहारी बेपत्ता भएको दुई दिनपछि सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा  फेला परेकी थिइन् ।



सम्बन्धित
Loading...