लासलाई पनि लुट्न छाडेन पशुपति विकास कोषले


पशुपति क्षेत्र विकास कोषले सव जलाउने भन्दै विभिन्न शिर्षकमा रकम असुलेर लुट मच्चाउदै आएको छ ।




कोषले आफ्नो वेवसाइडमा सव जलाउन २ सय रुपैयाँ दर्ता शुल्क लाग्ने उल्लेख गरे पनि दर्जनौ शिर्षकबाट ८ हजार भन्दा बढी रकम असुल गर्दे आएको छ ।




कोषले सबै भन्दा धेरै वातावरण शुल्क शिर्षक राखेर प्रति सव पाँच हजार रुपैयाँ असुल गर्दे आएको छ । घाट सेवा केन्द्र भिमेष्वर घाटको नाममा रसिद काटेर मनपरी रुपमा दर्जन बढी शिर्षकबाट रकम असुल गरेको पाइएको हो ।

कातिक २३ मा आमाको व्यवस्थापन गर्न पुगेका टेक प्रसाद निरौलाले दर्ता शुल्क २ सय, दाउरा बोक्ने ४ सय, चपरी खन्ने ३ सय, वातावरण शुल्क ५ हजार, र शव जलाउने एक हजार २ सय रुपैयाँको एउटा वील र थप दाउरा खरिद गरेको १० हजार बढी रकमको विलको रकम बुझाउन बाध्य भएको थियो ।

कोषले सर्वसाधरणको सेवा भन्दा पनि लास माथि लुट मच्चाउने गरेको भन्दै दुख व्यक्त गरे । सोकको अवस्थामा बाध्य बनाएर विभिन्न शुल्क बुझाउन लगाउनु मानवीय काम नभएको भन्दै तत्काल कोषले सच्याउन माग गरे ।




सम्बन्धित
Loading...