सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता


सिरहा । सिरहा नगरपालिका–१८ इटहरीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरीमा निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ ।




 

आपसी विवादमा साढु दाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारजनले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति बाटोमै मृत्यु भएको मृतकका भाइ नवीनकुमार यादवले जानकारी दिए ।




आपसी विवादमा मुनेश्वरलगायतका व्यक्तिले निर्घात कुटपिट गरेकोे र त्यही कारणले मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको मृतकका भाइ नवीनले बताए ।




सम्बन्धित
Loading...