छोरो र छोरीबीच विभेदको सामाजिक प्रभाव
एसियाका धेरै जसो विकासशील देशमा सन्तानका रूपमा छोराको महत्त्व बढी हुँदा छोरीको वृत्ति विकासले खास अवसर पाउँदैन ।
अझ भनौँ सन्तानका रूपमा छोरीभन्दा छोराको चाहना बढी हुन्छ । भ्रुणमै सन्तानको लिङ्ग पहिचान गर्ने र गर्भपतन गराउने परिपाटीका कारण यस क्षेत्रमा जनसांख्यिक रूपमा नै अस्थिरता सिर्जना भएको छ ।
जनसंख्याको ठूलो अनुपातले छोरीको तुलनामा छोरालाई नै बढी महत्त्व दिएको पाइन्छ । जसले गर्दा धेरै जसो सामाजिक समस्या छोराकै चाहनाका कारण निम्तिने गरेका छन् । पारिवारिकरूपमा छोरोको महत्त्व बढी हुने यस क्षेत्रको संस्कृति नै रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा अभिभावकको अन्तिम दाहसंस्कार गर्न छोराकै आश्वयकता हुन्छ ।
योसँगै दक्षिण एसियाका देशमा घरेलु हिंसा, बाल विवाह र दाइजो नल्याएका कारण बुहारीले मृत्य वरण गर्नु पर्नेसम्मको अवस्था छ । त्यसैले पनि छोरीको तुलनामा अभिभावको चहाना छोरा नै हुने गरेको पाइन्छ । तर, सांस्कृतिक होस् अथवा अन्य कारण, सन्तानका रूपमा अभिभावको चाहना छोरा हुँदा त्यसले मानव विकासमा अतिरिक्त चुनौती थपिदिएको छ ।
