प्रधानमन्त्री ओली किन धाइरहेका छन् गृहजिल्ला ?


झापा– सर्वोच्च अदालतबाट संसद पुनस्र्थापनाको फैसला गरे पछि पहिलो पटक फागुन १६ गते प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आए ।



गृहजिल्ला मध्येमा पनि उनको गृह क्षेत्र झापा क्षेत्र नं. ५, अझ त्यसमा पनि गृहनगर दमकमा दिनभर केन्द्रित रहे ।




आफ्नै निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकामा पर्ने कमल खोलाको पुल उद्घाटन पछि सोहि गाउँपालिकाको वडा नं. ७ मा पुगेर चीन नेपाल मैत्री औद्योगीक पार्क शिलान्यास गरेका उनी त्यस पछि दिनभर गृहनगर दमकमै केन्द्रित रहे ।

उनले विभिन्न पुलको उद्घाटनसँगै मदन भण्डारी चुरे राजमार्गमा पर्ने ३१ ओटा पुलको दमकबाटै संयुक्त शिलान्यास घोषणा गरे । दमकका कार्यक्रम सक्दा साँझ परिसकेको थियो । तर पनि उनी सोहि दिन ढिला गरी काठमाडौँ फर्किए ।



सम्बन्धित
Loading...