ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी
काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ ।
आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगो नियन्त्रणका लागि दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिनुभयो ।
त्यसैगरी स्थानीयबासी, नेपाली सेना र नेपाल प्रहरीले पनि आगो नियन्त्रणको प्रयास गरीरहेका छन् । आगलागीको कारण खुलेको छैन ।
आगोले पु¥याएको क्षतिको विवरण पनि आइसकेको छैन ।
