जब प्रचण्डले आफ्नी छोरीलाई भने
काठमाडौं । रेणु दाहाल त्यतिखेर १८ बर्षको मात्र हुनुहुन्थ्यो । जब फेब्रुअरी १९९६ मा उनका बुबा पुष्पकमल दाहाल प्रचण्डले नेपालमा राजतन्त्रको बिरूद्ध सशस्त्र आन्दोलनको सुरुवात गर्नु भएको थियो ।
त्यतिबेला प्रचण्डको उमेर ४४ वर्षको थियो । १९ वर्षीया छोरीले आफ्ना बुबालाई गोला बारुद र बन्दुकका साथ देख्दा कस्तो महसुस गर्लिन् ? रेणु भन्नुहुन्छ, ‘बन्दुक न्याय र निरंकुश शासनको बिरूद्ध थियो।’ प्रचण्डको छ महिनासम्म आफ्नो परिवारसँग भेटघाट हुँदैनथ्यो ।
तर प्रचण्डले नेपालको राजतन्त्र विरुद्ध लडिरहेको बेला पनि आफ्ना छोरीहरूलाई कहिल्यै बिर्सनुभएन । उहाँले आफू एक बुबा पनि भएकोले त्यो जिम्मेवारीलाई कहिल्यै भुल्नुभएन ।
प्रचण्ड चिन्तित थिए कि शसस्त्र युद्ध दुई चार महिनामा अन्त्य हुँदैन्, यस्तो अवस्थामा छोरीहरुको हालत के होला ? उहाँ सधै चिन्तित हुनुहुन्थ्यो । प्रचण्ड तीन छोरीका पिता हुनुहुन्थ्यो । जेठी छोरी ज्ञानु, त्यसपछि रेणु र कान्छी छोरी गंगा।
जनयुद्धु सुरु हुनुभन्दा तीन वर्ष अघि नै जेठी छोरी ज्ञानुको विवाह १९९३ मा मा भइसकेको थियो । राजतन्त्रको बिरूद्ध सशस्त्र आन्दोलन चर्किदै गर्दा दुई छोरी रेणु र गंगा हुर्किरहेका थिए ।
