‘आफूलाई सुरक्षित र असुरक्षित ठान्ने ती प्रधानमन्त्रीहरू’
‘यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नु होला,’ प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखराको सार्बजनिक मञ्चबाटै आफूमाथि खतरा रहेको बताए।
प्रधानमन्त्रीको उक्त भनाईपछि सुरक्षा निकाय भित्र मात्र हैन बाहिर पनि एक किसिमको तरंग देखियो।
हिजो खतरासँग खेलेका पूर्वसरकार प्रमुखलगायत पूर्वउच्च सुरक्षा अधिकारीका सुरक्षा घेरा साँघुर्याउँने निर्णय गरेका प्रधानमन्त्री स्वयं नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका करिब ३ सय सुरक्षाकर्मीको कडा चौघेराभित्र आफूलाई किन खतरा महशुस गरे होलान्?
करिब एक वर्ष अगाडिदेखि सिंहदरबार नगई बालुवाटारबाटै शासन चलाइरहेका प्रधानमन्त्रीको यो संकेत आफू वरपरका आफ्नै वर्गीय सहयोद्दाबाटै मडारिएको कालो बादलप्रति हो कि!
