दुई माग पूरा नभएसम्म सरकारमा नजाने महतोको घोषणा


कञ्चनपुर । जनता समाज पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको माग पूरा नभएसम्म सरकारमा नजाने बताउनुभएको छ ।



मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन र रेशम चौधरी तथा लक्ष्मण चौधरीको मुद्दा फिर्ता नभएसम्म आफूहरू सरकारमा नजाने बताउनुभएको हो ।




नेता महतोले आफ्ना मुद्दाहरूको सम्बोधन नभए सरकारमा जानुको अर्थ नरहेकाले राष्ट्रिय मुक्ति आन्दोलनको तयारीमा पार्टी लागेको बताउनुभयो । जुन सरकारले आफूहरूको मुद्दा सम्बोधन गर्नेलाई पार्टीले सहयोग गर्ने उहाँको भनाइ छ ।

थरुहट आन्दोलनका क्रममा भएको घटना षडयन्त्रपूर्वक घटाइएको जिकिर गर्दै महतोले अन्य आन्दोलनमा भएका घटनामा कसैलाई आजीवन काराबास नभएकाले जातीय रूपमा कसैमाथि विभेद गर्न नहुने बताउनुभयो । उहाँले निश्चित व्यक्तिको स्वार्थले संविधान बनेकाले सबैलाई समेट्न नसकेको तर्क गर्नुभयो ।



सम्बन्धित
Loading...