रेशमलाई जेलमै राखिरहने तागत कसैसंग छैन : महतो


काठमाडौं, फागुन १८
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलाई अब जेलमै राखिरहने तागत कसैसंग नभएको बताएका छन् ।



मंगलबार धनढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले रेशमलाई अब सरकारले रिहाई गर्नुपर्ने बताए । नेता महतोले रेशमलाई रिहाई नगरे अब ‘जेल भराउ’ आन्दोलन सुरु हुने चेतावनी दिएका छन् । ‘रेशम चौधरीलाई रिहाई नगरे हामी जेल भराउ आन्दोलन गछौं,’ उनले भने, ‘सरकारसंग आफूहरु सबैलाई जेलमा राख्ने क्षमता छैन ।’




कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नावालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ प्रहरीको हत्या भएको थियो। उक्त घटनाका योजनाकार रहेको अभियोगमा रेशम जेलमा छन् ।

घटनापछि फरार रहेकै अवस्थामा उनले कैलाली १ बाट अत्याधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए। निर्वाचन जितेपछि रेशम जिल्ला अदालतमा हाँजिर भएका थिए।



सम्बन्धित
Loading...