सरकार र विप्लवबीच वार्ताका लागि दुवै टोलीले बनाए वार्ता समिति

171












काठमाडौं । सरकार र सरकारद्वारा प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाबीच वार्ताका लागि सरकार र नेकपा दुवैले वार्ता टोली गठन गरेको छ ।


केही दिन अघि वार्ताको प्रयास भए पनि अलमलमा परको वार्ता दुवै टोलीले वार्ता टोली गठन गरेसँगै पुन अगाडि बढ्ने देखिएको छ ।

प्रधानमन्त्री ओली विप्लवसँग वार्ता गरेर आफ्नो घट्दो साख जोगाउने र विप्लवलाई पनि सरकार र आफ्नो पार्टीमा ल्याउने दाउमा छ भने विप्वल पनि सरकारसँग वार्ता गरेर आफ्नो पार्टी माथिको प्रतिबन्ध फुकुवा गर्ने, आफ्ना बन्दी नेता तथा कार्यकर्ताहरुलाई रिहा गर्ने र खुल्ला राजनीतिमा आउने दाउमा छ ।

सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वार्ताका लागि टोली गठन गरिएको जानकारी दिए । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा राजन भट्टराई सदस्य रहेको समिति बनेको छ ।

प्रधानमन्त्री केपी ओलीले सार्वजनिक कार्यक्रममार्फत विप्लवसँग चाडै बार्ता हुने बताएका थिए ।

विप्लवले पनि वार्ताका लागि बन्दी बनाइएका कार्यकर्ता रिहा गर्नुपर्ने लगायतको सर्त अघि सार्दै आएको छ । तर सरकारले बन्दी रिहा गर्ने विषयमा भने अहिलेसम्म कुनै निर्णय लिइसकेको छैन ।

त्यसैगरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लवले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन् ।

सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन गरेको सार्वजनिक भएकै दिन भूमिगत पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर आफूहरुको तर्फबाट पनि समिति बनेको जनाएका हुन् ।

समूह हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै २८ फागुन २०७५ मा सरकारले प्रतिबन्ध लगाएको थियो ।



You might also like
Loading...