पत्रकार महासंघको स्थापना दिवसमा फलफूल वितरण
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरले मंगलबार दोस्रो स्थापना दिवस फलफुल वितरण गरि मनाएको छ ।
२०७५ साल फागुन १८ गते स्थापना भएको शाखाले आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारी लक्ष्मीनारायण बृद्धाश्रम पिठौलीमा फलफूल वितरण गरि मनाएको हो ।
स्थापना दिवसका अवसरमा शुभकामना दिँदै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले श्रमजीबीको मुद्दामा महासंघ सधैँ एक भएर अघि बढिरहेको र बढिरहने बताए ।
त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष दिपक भट्राईले स्थापना दिवसको दिन बृद्धाश्रममा फलफुल वितरण कार्यक्रमले समाजमा सकरात्मक कार्यको थालनी भएको बताए ।
