कोरोना भाइरस विरुद्धको खोप निर्धक्क भएर लगाउने स्वास्थ्यकर्मीको आग्रह
कावासोती । कोरोना भाईरस कोभिड–१९ विरुद्धको खोप निर्धक्क भई लगाउन स्वास्थ्य सम्बन्धित सरोकारवालाले आग्रह गरेका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरले देवचुलीको दलदलेमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य सरोकारवालाले यस्तो बताएका हुन् ।
पत्रकारका लागि आयोजना गरिएको कार्यक्रममा अभिमुखीकरण गर्नुभएका स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाई, कार्यालयका सुचना अधिकारी बीरबहादुर श्रेष्ठ, मध्यबिन्दु जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. सबिता लम्सालले कोभिडसँग सम्वन्धित संक्रमणबाट जागिन र शरीरमा भाईरसबाट प्रतिरक्षा गर्न फलदायी हुने भएकाले खोप लगाउन डराउनु नपर्ने बताएका हुन् ।
कोभिड–१९ खोपको विषयमा विभिन्न किसिमका भ्रमहरु फैलिए पनि खोपले नराम्रो असर नगर्ने चापागाईंको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा नवलपुर जिल्लामा रहेका विभिन्न संचार माध्यमका संचारकर्मी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।
नवलपुरमा फाल्गुन २३ गतेदेखि ४४ हजारलाई लक्षित गरी दोस्रो चरणको खोप लगाइदै छ ।
