आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक





काठमाडौं÷ संसद् पुनस्र्थापनापछि विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीति तयका लागि नेकपाको प्रचण्ड–नेपाल समूहले बुधबार केन्द्रीय कमिटी बैठक आह्वान गरको छ ।

प्रधानमन्त्री केपी ओलीले गरको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै उल्ट्याइदिएपछि उत्साही बनेको प्रचण्ड–नेपाल समूह अब नयाँ सरकार गठनका लागि कांग्रेससँग समीकरण निर्माणको कोसिसमा छ ।
बुधबारको बैठकमा नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिएको छ ।




पार्टीको आधिकारिकतासम्बन्धी विवादमा छिटो निर्णय लिन ध्यानाकर्षण गराउँदै आएको प्रचण्ड–नेपाल समूहले आवश्यकता पर ती सक्कल कागजात निर्वाचन आयोगमा बुझाउने तयारीका लागि आफ्ना केन्द्रीय सदस्यलाई त्यसरी बैठकमा आउन निर्देशन दिएको हो ।

सोमबार प्रचण्ड–नेपाल समूहका नेताहरू राजेन्द्रप्रसाद पाण्डे, रामनारायण बिडारी र लीलामणि पोखरल आयोग पुगेर पार्टीको विवाद छिटो निक्र्योल गर्न ध्यानाकर्षण गराएका थिए ।

त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय सचिवालय बैठकले बुधबार स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरको थियो । त्यस्तै, प्रधानमन्त्री केपी ओलीविरुद्ध ५ पुसमा संसद् सचिवालयमा पेस भएको अविश्वासको प्रस्ताव फिर्ता लिएर सहमतिका लागि विकल्प खुला गर्ने पनि निर्णय गरको थियो ।




सम्बन्धित
Loading...