दाहाल–नेपाल समूहद्वारा नेम्बाङसहित ओली समूहका ७ नेता ६ महिनाका लागि निलम्बित

78












काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाको केन्द्रीय कमिटी बैठकले ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ ।


बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी आचरण विरुद्धको काम गरेको भन्दै सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, महेश बस्नेत, विशाल भट्टराई, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

बैठकले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलाई पनि पदमुक्त गर्ने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने स्थायी कमिटीको निर्णयलाई अनुमोदन समेत गरेको छ ।



You might also like
Loading...