ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

79












हेटौंडा । मकवानपुरको बकैयामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।


बकैया गाउँपालिका–५ तीनतलेमा बुधबार ना६त ४५३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष १३ का दिलशन माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका माझीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

हेटौंडाबाट सिमेन्ट लोड गरी बकैयातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीको भनाइ छ । दुर्घटनामा ट्याक्टर चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष १७ का सुनिल माझी र बकैया गाउँपालिका वडा नम्बर ७, भिरकोट बस्ने ५८ वर्षीय योगेन्द्रबहादुर राई घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरले रातोपाटीलाई बताए ।



You might also like
Loading...