म्यानमारमा प्रहरीको गोली लागेर ९ जना प्रदर्शनकारीको मृत्यु
म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ९ जना प्रदर्शनकारीको मृत्यु भएको छ।
रोयटर्सका अनुसार बुधबार प्रदर्शनमा उत्रिएका ९ जनामाथि गोली लागेर मृत्यु भएको हो। म्यानमारको दोस्रो ठूलो सहर मन्डलेमा झडप हुँदा दुई जनाको मृत्यु भएको प्रत्यक्षदर्शी तथा समाचारहरूले जनाएका छन्।अर्का एक जनाको रंगुनमा प्रहरीले गोली चलाउँदा मृत्यु भएको हो।द मोनीवा ग्याजेटका अनुसार पाँच जनाको केन्द्रीय सहरमा गोली हानेर हत्या भएको हो।
‘उनीहरूले गोली चलाएका थिए।
एक जनाको हत्या भयो, उनी जवान किशोर हुन्, जसको टाउकोमै गोली ठोकिएको थियो,’उनले भने।हेइनको पनि खुट्टामा चोट लागेको छ। उनले टेलिफोनमार्फत् रोयटर्सलाई जानकारी गराएका हुन्।सैनिक परिषद्ले भने यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन।
