उद्घाटन र शिलान्यासमा रमाउँदै प्रधानमन्त्री

77












आफ्नो सुरक्षामा खतरा रहेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय देश दौडाहामा अझ बढी सक्रिय हुन थालेका छन् । ‘सुरक्षा थ्रेट’ का बाबजुद प्रधानमन्त्री ओली काठमाडौं बाहिरका कार्यक्रममा सहभागी हुन किन सक्रियता बढाइरहेका छन् भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ ।


वाक्पटुताका धनी प्रधानमन्त्री ओलीले विकास निर्माणका विभिन्न संरचना उद्घाटन तथा शिलान्यासको अवसर जुराएर विभिन्न क्षेत्रमा पुग्ने र आफ्ना राजनीतिक विरोधीमाथि निर्मम टिप्पणी गरेर राजनीतिक स्वार्थ पूरा गर्ने लक्ष्य बनाएको देखिन्छ । केही दिनअघि पोखरामा पुगेर उनले आफ्नो सुरक्षामा खतरा रहेको र ज्यान नै गए पनि आश्चर्य मानिरहन नपर्ने बताएका थिए ।

फागुन १६, १७ र १८ गते उनी झापा, मोरङ र कास्कीका कार्यक्रममा व्यस्त रहे । यी तीन दिनमै दुई पटकसम्म उनी गृहजिल्ला झापा पुगे ।प्रधानमन्त्रीको देश दौडाहा ‘सरकारले विकास निर्माणको कामलाई उच्च प्राथमिकता दिएको’ सन्देश दिन केन्द्रित छ ।



You might also like
Loading...