नेपाल कपडा तथा सिलाई व्यवसायी नवलपुरमा अधिकारी

191












कावासोती । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, नवलपुरको बुधबार कावासोतीमा भएको प्रथम साधारण सभा तथा अधिवेशनले देवी अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।


जसको उपाध्यक्षमा जमुना काफ्ले, सचिवमा विशाल महतो, सहसचिवमा ज्ञानु रम्तेल र कोषाध्यक्षमा दिलमाया थापा चयन भएका छन् ।
पछि २ थप्ने गरी ११ सदस्सीय समिति निर्माण गरिएको हो ।

जिल्ला शाखाका अध्यक्ष राम बहादुर परियारको अध्यक्षतामा भएको अधिवेशनको केन्द्रीय अध्यक्ष रामकृण्ण श्रेष्ठले उद्घाटन गरेका थिए ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, नवलपुरमा जम्मा २ सय १९ वटा कपडा तथा सिलाई व्यवसायी आवद्ध रहेका छन् ।



You might also like
Loading...