सर्लाहीमा आठ केजी गाँजासहित दुई पक्राउ


सर्लाहीमा लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।




पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।




प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १३ पानी टयाङ्कीस्थित लखनदेही खोलामा महतो र यादव सवार मोटरसाइकललाई चेक गर्दा यादवलाई ५ केजी गाँजा र महतोलाई ३ केजी गाँजासहित पक्राउ गरेको हो।




सम्बन्धित
Loading...