लागुऔषध सहित ५ जना पक्राउ

484












कावासोती । नवलपुर प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका १३ निवासी २५ बर्षीय नितेश ठकुरी, २१ बर्षीय साजन श्रीमल र भरतपुर महानगरपालिका ९ निवासी २१ बर्षीय राजेन्द्र खण्डकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


प्रहरीले उनीहरुको साथबाट ११०/११० एम्पुल डाइजापाम, फेनरागन र नुर्फिन नामक लागुऔषध बरामद गरेको जनाएको छ ।
प्रहरीले सवारी साधन चेकजाँचको क्रममा पश्चिमबाट पूर्व आउँदै गरेको लु १ ख ८७६३ नम्बरको बसमा रहेको ३ जनलाई मध्यविन्दु नगरपालिका ८ गुडारखोला नजिकैबाट विहीबार विहान लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी शुक्रबार साँझ पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ चालिस किलो भन्ने जंगलबाट २ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

प्रहरीले पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ५ निवासी ३० बर्षीय तारा बुढामगर र बाग्लुङ घर भई हाल गैडाकोट नगरपालिका ५ निवासी २८ बर्षीय प्रेमकुमार रानालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट नुर्फिन, डाइजापाम र फेनरागन ६०/६० एम्पुल गरी १८० एम्पुल लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई लागुऔषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही तथा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए ।



You might also like
Loading...