नवलपुरमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु

714












नवलपरासी, २० फाल्गुन । पूर्वी नवलपरासीमा गैडाको आक्रमणमा परी एक जना महिलाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाको आक्रमणमा परी मध्यविन्दु नगरपालिका १२ निवासी ४४ वर्षीया पविसरा बि.क.को मृत्यु भएको हो ।


विहीबार बिहान आफ्नै बारीमा घाँस काट्न गएको समयमा गैंडाले बि.क.लाई आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट बि.क.को घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।



You might also like
Loading...