नवलपुरमा बुबाद्वारा १३ बर्षीया छोरी बलात्कृत

885












नवलपरासी । पूर्वी नवलपरासीमा आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।

विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीका ३८ वर्षीय बुबाले पटकपटक आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विहीबार विहान पक्राउ गरेको हो ।


छोरीलाई बलात्कार गरेको घटना गाउँमा बाहिर सार्वजनिक हुन थालेपछि उनी ३ महिना अघि भारत फरार भएका थिए । ३ महिना पछि घर फर्किएका बुवालाई गाउँलेले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पीडित बालिकाले आफ्नै बुवाले विगत ५ बर्षदेखि पटक पटक बलात्कार गरेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए ।

पीडित बालिकालाई विहीबार नै स्वास्थ्य परीक्षणको लागि चितवन जिल्ला अस्पताल भरतपुर पठाउने तयारी भइरहेको छ ।



You might also like
Loading...