नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं लागे विप्लव

586












रामकुमार श्रेष्ठ –
नवलपरासी । सरकारसँग वार्ता गरेर आज सार्वजनिक हुने तयारीमा रहेका विप्लव नवलपरासीमा सहिद परिवारलाई भेटेर काठमाडौं लागेका छन् ।


नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाण्डौमा सार्वजनिक हुनु अघि नवलपुरको देवचुली नगरपालिका १२ गैरीमा सहिद परिवार बेलबहादुर सारुको घर बसेका थिए । राति आइपुगेका उनी केही बेर त्यहा पार्टीका कार्यकर्तालाई भेटेर आज विहान काठमाडौं लागेका हुन् ।

उनले सहिद परिवारलाई भेट गरेका थिए । महासचिव विप्लवले यस अघि पनि उक्त स्थानमा अन्य क्रान्तिकारी पार्टीका नेतासँग वार्ता गर्ने गर्दथे ।

उनलाई चितवन प्रहरीले स्कटिङ्ग गरेर काठमाडौं तिर लगेको प्रहरी स्रोतले जनाएको छ । देवचुलीमा उनले साढे ४ घण्टा विताएका थिए ।

सरकारसँग भएको सहमति सार्वजनिक गर्न राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे सरकारी टोली र विप्लव पक्षको संयुक्त कार्यक्रम रहेको छ ।

पश्चिमबाट लुम्बिनी ब्युरो ईन्चार्ज र केहि निजि सुरक्षाकर्मी सहित काठमाण्डौं हिडेका बिप्लव केहि समय देवचुलीमा आराम गरेर, आलु बन्दाको तरकारी सहित सुक्का रोटी खाएर देवचुलीबाट विदा भएको स्रोतले जनाएको छ ।

सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौंमा सार्वजनिक हुँदै छन् ।

 



You might also like
Loading...