सहरी शासकीय तथा पूर्वाधार आयोजना सञ्चालनका लागि कावासोती र सहरी विकासबीच सम्झौता




नवलपरासी, २० फागुन ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना सञ्चालनका लागि विहीबार सम्झौता भएको छ ।

कावासोती नगरपालिकाले नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना संचालन गर्ने गरी सहरी विकास तथा भवन निर्माण विभाग बीच २२ करोड २ लाख ४१ हजार १३१ रुपैँया बराबरको सम्झौता भएको हो ।




विभागका महानिर्देशक नवराज प्याकुरेल र कावासोती नगरपालिका नगर प्रमुख चन्द्र कुमारी पुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्भौता अनुसार उक्त रकम भौतिक निर्माण तथा स्वरोजगारका क्षेत्रमा खर्च गरिने छ । विश्व बैंकको सहयोगमा हुने यस कार्यक्रम तीन वर्ष सम्म चल्ने कावासोती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तीले बताए ।

चालु आर्थिक वर्षमा दुई करोड २० लाख ,दोस्रो वर्ष १३ करोड २१ लख ४४ हजार ६७९ र तेस्रो वर्ष ६ करोड ६० लाख ७२ हजार ३३९ रुपैयाँ बराबरको काम हुने गरी सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताए ।

गण्डकी प्रदेशमा गण्डकी प्रदेश भित्रको फलेवास र कावासोती नगरपालिकाका साथै देशभरका ३३ वटा नगरपालिकामा यो आयोजना संचालन हुने कार्यक्रममा जानकारी गराइएको थियो ।

https://www.youtube.com/watch?v=j6OFsZ3-P7s&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=15



सम्बन्धित
Loading...