रानाको ९ औं दिनको स्मृतिमा शोकसभा

102












कावासोती । कावासोती नगरपालिका वार्ड नं ८ निवासी तोरण कुमारी राना मगरको असमाहिक निधन भएको ९ औं दिनको पुण्य तिथीमा शोक सभा गरिएको छ ।


भारतीय भुपु सैनिक परिवार बचत तथा ऋण सहकारी संस्था र भुपु कल्याणकारी संस्थाद्धारा शोक सभा गरिएको हो ।
भारतीय भुपु सैनिक परिवार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबहादुर रानामगरको धर्मपत्नी तोरण कुमारी सिजाली रानाको गत फाल्गुण १२ गते ४९ वर्षको अल्पआयुमै निधन भएको थियो ।

भुपु सैनिक परिवार बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष जनकाशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार एवं भुपु कल्याणकारी संस्थाका संरक्षक कर्णेल धनबहादुर मास्की रानाले रानाको सामाजिक क्षेत्र गरेको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा लालचन्द श्रष्ठ,रुद्र बहादुर गुरुड. ,रुद्र बहादुर गुरुड. छबिलाल राना, प्रेमबहादुर राना, कुल बहादुर गुरुड. , सुकबहादुर पुन, केशरी राना, पार्वती गुुरुड. लगायत सम्पुर्ण भुतपुर्व सैनिक एवं सैनिक परिवारहरुको सहभागिता रहेको थियो ।

यसैगरी स्वर्गीय तोरण कुमारी रानाको निधन भएको ९औ दिनको पुण्य तिथीमा नेपाल मगर संघ जिल्ला समन्वय समिती नवलपुर र नेपाल मगर संघ कावासोती नगर कमीटीको संयृुक्त आयोजनामा शोकसभा सम्पन्न गरिएको छ ।

 



You might also like
Loading...