राष्ट्रपति रनिङ्ग शिल्डको नवलपुरमा २५ बाट 





कावासोती । पूर्वी नवलपरासीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन २५ गतेबाट हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख प्रमुख विष्णु श्रेष्ठका अनुसार सोमबार भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन समितिको वैठकले नवलपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मिति निर्धारण गरेको हो ।


जस अनुसार प्रतियोगिताको फाइनल खेल २८ र २९ गते जनता मावि त्रिभुवनटारमा हुने छ ।

त्यसैगरी पालिका स्तरका छनौट खेलहरु भने २५ र २६ गते हुने छ ।

यसैबीच शनिबार जनता माविमा पत्रकार सम्मेलन गर्दै जनता माविले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा भएको बताएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गिरीराज गिरीले कावासोती स्तरको छनौट खेल र जिल्ला स्तरको फाइनल खेल दुवै जनता माविमा हुने गरी तयारी गरिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिला भण्डारीले राष्ट्रपति रनिङ्ग शिल्य विद्यालयले गर्न पाउनु गर्वको कुरा भएको बताइन् ।

पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि, विद्यालयका अभिभावक, समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।




सम्बन्धित
Loading...