गौर घटनालाई पुनः ब्युँताइँदै, पीडित परिवारले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौं । १४ वर्ष पुरानो गौर घटना पुनः चर्चामा ल्याइएको छ । २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालिन मधेशी जनअधिकार फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो ।



तर त्यो घटनाको बारेमा छानविन भएपनि दोषीमाथि अझै कारवाही नभएको अवस्थामा मृतकका परिवारले फेरि सक्रियता देखाएका हुन् । सोही क्रममा मृतकका परिवारले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर दोषीलाई कारवाही गर्न माग गरेका हुन् ।




‘गौर हत्याकाण्ड संघर्ष समिति’को तर्फबाट शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्रसहित दोषीमाथि कारबाहीको माग गरिएको संघर्ष समितिका सदस्य मनोज यादवले जानकारी दिए । छानविन समितिले गौर घटनालाई जघन्य अपराध भनेपनि हालसम्म दोषीमाथि किन कारवाही भएन भनि आफू पनि आश्चर्यमा परेको प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्ने क्रममा भनेको सदस्य यादवले बताए ।

दोषीलाई कारवाही गर्न प्रधानमन्त्री ओली गम्भीर रहेको बताउँदै उनले आफूहरुले बुझाएको ज्ञापनपत्रलाई अध्ययन गरी थप कारवाहीको प्रकृया अगाडि बढाउने आश्वासन दिएको उनको भनाइ छ ।



सम्बन्धित
Loading...