नेकपाको नाम विवादमा सर्वोच्चले फैसला सुनाउँदै


नेपाल कम्युनिस्ट पार्टीको नाम बारेको मुद्दाको फैसला आज हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन १३ गते अन्तिम बहस सकेर फागुन २० गते निर्णय सुनाउने मिति तोकेको थियो।



सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण अदालतमा शोक विदा परेपछि निर्णय सुनाउने मिति पछि सरेको हो।




साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोग लगायत विरुद्ध मुद्दा दर्ता गरेका थिए।

आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (ने. क. पा.) भएकाले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीलाई (ने क पा) बनाएर दर्ता गर्न दिएको थियो ।



सम्बन्धित
Loading...