अमलेखगञ्ज – लोथर पाइपलाइनको अध्ययन सम्पन्न

53












बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा बुझाइएको छ ।


दक्षिण एशियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको मोतिहारी— अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि सरकारले सो अध्ययन पुरा गरेको हो । अध्ययन टोलीका प्राविधिकले सो पाइपलाइनलाई कसरी अगाडि बढाउने, कति खर्च लाग्ने, निर्माण गर्न कति समय लाग्नेलगायतका कामको प्रतिवेदन मन्त्रालयलाई बुझाइ सकिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

बाराको अमलेखगञ्जदेखि चितवनसम्मको ६९ किलोमिटर लम्बाइ रहेको सो पाइपलाइनको निर्माण गर्न करीब रु १३ अर्ब खर्च हुने अनुमान गरिएको छ । लोथरमा सो पेट्रोलियपदार्थ भण्डारण गर्न एक लाख किलोलिटर क्षमता भएको अत्याधुनिक पेट्रोल ट्याङ्की निर्माण गर्ने बताइएको छ ।

मोतिहारीदेखि अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइपलाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने छन् । यसको लागि नेपाल तथा भारत सरकारबीचमा कुराकानी भई स्वीकृतिसमेत भइसकेको छ । अब प्राबिधिक प्रतिवेदन माथि मन्त्रालयमा छलफल भई काम अगाडि बढ्ने छ ।



You might also like
Loading...