बलात्कारको मुद्दा मिलाई दिन्छु भन्दै एक करोड ठग्न खोज्ने २ जना पक्राउ

53












जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाईदिन्छौ भनी रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त अभियोगमा प्रहरीले पोखरा महानगरपालिका १७ राष्ट्रबैंक चोकस्थित खाजाघरबाट २ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ५ मालेपाटन ठेगाना भई सोही महानगरपालिका ८ बस्ने ५८ बर्षीय सुर्यलाल खड्का र पोखरा महानगरपालिका २५ हेम्जा बस्ने धादिङ गंगाजमुना गाउँपालिका १ स्थायी घर भएका ३९ बर्षीय कमन भन्ने कमान बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई प्रहरी, वकिल र अदालतसंग सेटिङ छ, १ करोड रकम दिए मिलाई दिन्छु नत्र १५ बर्ष जेल जान्छ भनी झुट्टो आश्वासन दिई बिश्वास दिलाई १२ लाखको चेक र १ लाख १० हजार नगद लिई ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको

साथबाट कामना सेवा विकास बैंकको ६ लाख लेखिएको २ वटा चेक, विभिन्न बैंकको चेक तथा भौचरहरु र ४ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।



You might also like
Loading...